अनलाईनमा सलमानको सुल्तान


बलिउड स्टार सलमान खान अभिनित फिल्म “सुल्तान” अनलाईनमा लिक भएको छ। बहुप्रतिक्षित फिल्म “सुल्तान” रिलिज हुनु भन्दा १८ घण्टा पहिले नै अनलाईनमा लिक भएको हो। निर्माण कम्पनी यस राज फिल्मस् तनावमा रहेको भारतीय मिडियाहरुले जनाएका छन्।

Salman-Sultan

२ घन्टा ३६ मिनेटको सलमान र अनुष्का शर्मा अभिनित फिल्म “सुल्तान” संसारभर आजदेखि रिलिज भइरहेको छ। केहि दिन पहिले शाहिद कपूर अभिनित फिल्म ‘उडता पंजाब’ पनि रिलीज हुनु भन्दा अगाडी नै अनलाईनमा लिक भएको थियो।

एस्तो छ सलमानको सुल्तान – भिडियो हेर्नुहोस्

Subscribe You Tube