चैत्र १८ गते प्रदर्शन मिति तय गरिएको फिल्म ‘लालटिन’को पहिलो पोस्टर रिलिज गरिएको छ। यो पोस्टरमा नायक दयाहाङ राइलाई मात्र फ़िचरिङ्ग गरिएको छ। फिल्ममा दया सँगै प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, रीया श्रेष्ठ लगायतका कलाकारको अभिनय छ।

Dayahang Rai Lalteen Poster

यो फिल्म भानु प्रतापको प्रस्तुति तथा देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको हो। एमसन पिक्चर्स प्रालिको ब्यानरमा निर्मित यो फिल्ममा अनिम श्रेष्ठ र राज केसीले लगानी गरेका छन् भने उनीहरुलाई मनोज राजभण्डारी र दीपक श्रेष्ठले फिल्म निर्माण मा सघाएका छन्।

फिल्ममा अर्जुन जीसी र वनिश शाहको सम्पादन, भानु प्रताप र किरण माइकलको लेखन छ भने रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज, डिकेश र भानुप्रतापको नृत्य छ।

SUBSCRIBE

RECENT POSTS