तिर्थ यात्रामा हराएकी निर्माताकी आमाको कुशको शव बनाएर अन्तिम संस्कार


rip-producer-sunil-kumars-motherग्ल्यामर नेपाल, काठमाडौं । फिल्म निर्माता सुनिलकुमार थापाकी आमा तथा अभिनेत्री झरना थापाकी सासु तारा थापाको कुशको शव बनाएर मंगलबार अन्त्येष्टि गरिएको छ। वर्षदिन अघि भारतको केदारनाथ–बद्रीनाथ यात्रा जाँदा आएको बाढीपहिरोमा हराएर वेपत्ता ताराको खोजी गर्दा पनि नभेटिएपछि परिवारले उनको कुशको शव बनाएर अन्त्येष्टि गरेको हो।

पारिवारिक श्रोतका अनुसार उक्त भवितव्यपछि ताराको खोजी तिब्र गरिए पनि केही पत्ता लागेको थिएन। एक वर्षको पखाईमा पनि ताराको बारे केही जानकारी नआएपछि परिवारले मंगलबार पशुपतिनाथ स्थित आर्यघाटमा अन्तिम संस्कार गरेको हो। अन्तिम संस्कार कार्यमा उनको परिवार, फिल्मकर्मी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

ताराको परिवारले उनको खोजी गर्नका लागि भारतीय राजदुतावासमार्फत पहल पनि गरिएको थियो। समाचार अनुसार तारा जेठ २७ गते गौशालास्थित भागिरथी ट्राभल्समार्फत तीर्थयात्रामा गएकी थिईन्।

Subscribe >>