Loading...

चुलियो चर्चा अनमोल केसीको नयाँ हिरोईनको !


युवापुस्ता माझ चर्चित नायक अनमोलकेसीले चलचित्र ‘कृ’ का लागि २० लाख रुपैयामा सम्झौतागरेको चर्चा सेलाउन नपाउदै सोहि चलचित्रमा अनमोल संग अन स्क्रिन रोमान्स गर्न लागेकी नयाँ नायिका अदिति बुढाथोकीको चर्चा चुलिएको छ। अदितीका तस्बिरहरु गुगल र सामाजिक संजालमा सर्वाधिक खोजिएका छन्।

Aditi-Budhathoki-Anmol-KC-Actress

को हुन् त अदिति बुढाथोकी ?
नायक अनमोल केसीसँग स्क्रिन सेयर गर्न लागेकी अदिती बुढाथोकी चर्चित मोडल तथा फेशन ब्लगर पनि हुन्। सामाजिक संजाल इन्स्ट्राग्राममा उनलाई १ लाख भन्दा बढीले पछ्याएका छन्। सामाजिक संजालमा समेत राम्रो फ्यान कमाएकी यी सुन्दरीले विशेषगरि, चर्चित ब्रान्डका विज्ञापनमा मोडलिङ गरेकी छिन्।

हेर्नुहोस् अदिति बुढाथोकीको ग्ल्यामर फोटो ग्यालरी

अदितीले हालै मात्र भारतीय म्यूजिक कम्पनी सोनी म्यूजिकबाट बन्न लागेका ३ वटा म्यूजिक भिडियोमा काम गर्नका लागि संझौता गरिसकेकी छिन्।उनले भारतीय चर्चित टेलिभिजनका कार्यक्रमका लागि पनि आफू छनोट भएको बताएकी छिन्। हाल, उनी बलिउड चलचित्रका लागि पनि तयारीमा छिन्।

भिडियो हेर्नुहोस्

Subscribe You Tube

Loading...