Loading...

“सायद २” मा शुशिल, सन्ध्या, अमृत र आशिरमान


करिव चार वर्ष अघि दुर्गिस फिल्मस् को ब्यानरमा पहिलो फिल्म “सायद” निर्माण भएको थियो। सोहि फिल्मको सिक्वेल “सायद २” का लागि मुख्य कलाकारहरु निश्चित भएका छन्। फिल्मका लागि शुशिल श्रेष्ठ, सन्ध्या केसी, अमृत ढुंगाना र आशिरमान देशराज पक्का भएको कुरा निर्माता सुनिल रावलले बताएका छन्।

sayad 2आशिरमान देशराज, मेगा बैककी रविना देशराजका छोरा हुन्। उनले यसै फिल्म मार्फत नेपाली रजतपटमा पाईला टेक्दै छन्। सुशील श्रेष्ठले यस अघि दुर्गिस फिल्मस् कै फिल्म “होस्टल रिटर्न्स” मा अभिनय गरेका थिय। सन्ध्या केसी इमेज च्यानल भिजे हुन् भने उनि अभिनित चलचित्र “ड्रिम्स” प्रदर्शनको तयारीमा छ। अमृत ढुंगाना अभिनित केहि छोटा चलचित्रहरु यु ट्युबमा चर्चित छन्।

फिल्मलाई पुष्प राज न्यौपानेले निर्देशन गर्ने भएका छन् भने बैशाख देखि फिल्म को छायाँकन शुरु हुने बताईएको छ।

Subscribe You Tube

Loading...