Loading...

अनमोल केसीले गरे २० लाखमा सम्झौता, डेढ वर्ष सम्म कुनै पनि चलचित्रमा नदेखिने!


होस्टल, जेरी, ड्रिम्स जस्ता सुपर हिट चलचित्रका नायक अनमोल केसी नयाँ चलचित्रमा अनुबन्ध भएका छन्। उनि अभिनित अर्को चलचित्र ‘गाजलु” अहिले भब्य प्रदर्शन भईरहेको छ। नोभेम्बर रेन, क्लासिक जस्ता चलचित्रका निर्माता सुवास गिरीले अनमोललाई बीस लाख रकम सहित नयाँ चलचित्र ‘कृ’मा अनुबन्ध गरेका हुन्।

Anmol-KC

अनमोल, अब करिब अब डेढ वर्ष सम्म कुनै पनि चलचित्र देखिने छैनन्। अनमोलले कुनै पनि चलचित्रमा डेढ वर्ष सम्म अभिनय नगर्ने शर्तमा दुई पक्षबीच सम्झौता समेत भएको छ। बदला अर्थ लाग्ने ‘कृ’ शीर्षकमा बन्ने चलचित्रमा अनमोलका बुबा भुवन केसी पनि निर्माताका रुपमा रहने भएका छन्। सुवाष गिरीको कम्पनि सुवास इन्टरटेन्मेन्ट र भवन केसीको कम्पनि सुपर काजोलको संयुक्त सहकार्यमा बन्ने चलचित्रमा अनमोल एक्सन भूमिकामा देखिने बताइएको छ।

anmol-kc-2

फागुनदेखि सुटिङ सुरु हुने चलचित्रमा कमल गिरी कार्यकारी निर्माता र श्री पराजुली सहनिर्माता छन्। चलचित्र सम्पादक र ‘आभाष’ नामक चलचित्रबाट निर्देशनको अनुभव बटुलिसकेका सुरेन्द्र पौडेलले निर्देशनमा निर्माण हुने चलचित्रमा छेतेन गुरुङ र आशिष रेग्मीको संयुक्त पटकथा लेखन रहने छ। चलचित्रको अभिनेत्री भने पक्का भइसकेको छैन।


Watch ! Anmol KC Video

Subscribe You Tube

Loading...