Loading...

सुस्मिताको ‘म त तिम्रै हुँ’ प्रमोसनमा देखिए अनमोल


सुस्मीता केसीको ‘म त तिम्रै हुँ’ आउँदो शुक्रबार बाट प्रदर्शनमा आउंदै छ। चलचित्र निर्माण युनिटले चलचित्र बारे जानकारी दिन राजधानीमा सोमबार पत्रकार भेटघाट कार्यक्रम गरेको छ।

Shreeram-Mahat-Director-Ma-Ta-Timrai-Hoon

कार्यक्रममा अनमोल केसीले आफु आफ्नो आमाको चलचित्र नखेल्नुको रहस्य समेत खोले। उनले रमाइलो पारामा भने ‘ममीले मलाई कहिले अफर नै गर्नु भएन। (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्किन गर्नु भएन भनेर सोंच्थे, तर चलचित्रको कथा तयार पार्दा मलाई हेरर कथा लेखिएको रहेनछ।’ आकाश तिर औल्याउदै उनले थपे, ‘म त तिम्रै हुँ’को कथा सुहाउँदो पात्रमा आकाश नै फिट छन्, उनले चलचित्रको कथालाई न्याय गरेका छन्।’

Anmol-KC-Ma-Ta-Timrai-Hoon

पत्रकारहरुको प्रश्नमा खुलेरै जबाफ दिएका अनमोलले, आफुले अभिनय गरेको चलचित्र मन पराई दिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै अब आफुले निर्माण गरेको चलचित्र पनि हेरी दिन आग्रह गरे। सुस्मिता र भुवनको सम्बन्धमा पत्रकारहरुले सोधेका प्रश्नमा सुस्मिताले भनिन् ‘एक जवानाका हामी जीवन साथी हौं, अहिले पनि हाम्रो सम्बन्ध राम्रो छ।’ यसै बिषयमा आमा (सुस्मिता) र बुबा (भुवन) लाई फेरी एकसाथ बनाउन अनमोलको चाहना के छ? भनेर सोधिएको प्रश्नमा अनमोलले भने ‘मैले मात्र चाहेर नहुने रहेछ।’(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्) उनले आफुलाई सामाजिक संजालहरुमा गिज्याउनेहरुलाई समेत धन्यबाद दिए।

Jyotsna-Yogi-Akash-Shrestha

चलचित्रमा नव नायक आकाश श्रेष्ठ, नवनायिका ज्योत्सना योगी, सुशिल काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतको कलाकारहरुको अभिनय छ। अनमोल केसी र सुवास थापाको लगानीमा निर्मित चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका हुन्।

कार्यक्रमको पुरै भिडियो हेर्नुहोस्

Subscribe You Tube

Loading...