Loading...

अनमोल केसीका लागि यसरी भेटियो नयाँ हेरोईन


युवापुस्ता माझ चर्चित नायक अनमोल केसीको मुख्य अभिनय रहने चलचित्र “कृ” कालागी नयाँ नायिका फाईनल भएको छ। अनमोललाई यो चलचित्रमा काम गराऊन २० लाख रुपैयामा सम्झौता गरिएको थियो। अनमोल सँग सम्झौता भएकै दिन देखि चलचित्र निर्माण पक्षले नयाँ नायिकाको खोजि शुरु गरेको थियो। अनमोलले यस भन्दा अघिका चार चलचित्रहरुमा पनि नयाँ / नयाँ नायिकाहरु संग स्क्रिन सेयर गरेका थिए।

Anmol-kc-Aditi-Budhathoki

निर्माण पक्षका अनुसार ३० जनाले यो चलचित्रमा नायिकाकोलागी आवेदन दिएका थिए। ति मध्यवाट १० जनाको अडिसन लीइएको थियो र अडिसनबाट चलचित्रको मुख्य भूमिकामा मोडल अदिती वुढाथोकी छानिएकी हुन्। अनमोलले आफ्नो पाचौ प्रोजेक्टमा पनि नयाँ नायिका संग नै रोमान्स गर्ने भए।

यो चलचित्रलाई द सुपर काजोल फिल्म्सको प्रस्तुतिमा सुवास इन्टरटेन्मेन्टले निर्माण गर्दै छ। चलचित्रका निर्माता सुवास गिरी र भूवन केसी हुन्। कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा श्री पराजुली सह-निर्माता हुन्। चलचित्रलाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन्। यो चलचित्रको माघ महिनाबाट छायाँकन गरिने बताईएको छ।

को हुन् त अनमोलको नयाँ हिरोईन ‘अदिति’? – भिडियो हेर्न यहाँ क्लिक हेर्नुहोस्

अदिति बुढाथोकीको ग्ल्यामर फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

Subscribe You Tube

Loading...